थपिए १४ संक्रमित, २१ जना डिस्चार्ज
नेपालखोज
२०७९ वैशाख २४ गते १६:१८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ४२० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना गरी कुल १४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल २०५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २१ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ७६८ पुगेको छ । कोरोना संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ९६ हजार ६५६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया