आज पश्चिमी भेगमा हल्का पानी सम्भावना
नेपालखोज
२०७६ फागुन २८ गते ८:०९
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण बुधबार आज देशका पश्चिमी भेगमा हल्का पानी सम्भावना रहेको छ ।
दिउँसोपख मेघगर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने उनले बताइन् ।
मध्य र पूर्वी क्षेत्रको मौसम भने आज सफा रहनेछ । काठमाडौं उपत्यकाको मौसम पनि सफा रहने नगरकोटीले जानकारी दिइन्
सम्बन्धित
प्रतिक्रिया