जम्मा ७ जनामा कोरोना पुष्टि, १५ डिस्चार्ज
नेपालखोज
२०७९ जेठ १ गते १५:५६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ भने ९६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन् । नेपालमा हाल १४२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ९०४ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ११ हजार ६९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया