कैलारीका तीन वडामा कांग्रेस विजयी

काठमाडाैं । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा-१को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बालकृष्ण डगौराले ६६० मत पाए । वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशंकर चौधरीले ८५६ मत पाए । यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी भए । उनि उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि हुनुहुन्छ । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत पाप्त गर्नुभएको छ ।
विसं २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए । मतगणनाको पछिल्लो परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी तीन हजार चार मतसहित अगाडि छन् । उनिलाई राप्रपाका होमबहादुर गुरुङले दुई हजार ६७८ मतसहित पछ्याइएकाे छ । उपध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरी तीन हजार ५३ मतसहित अगाडि छन् । उनलाई राप्रपाका दुई हजार २५३ सहित पछ्याइएकाे छ । नौ वडा रहेको गाउँपालिकाका बाँकी वडामा मत गणना जारी छ ।
धनगढी उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका सन्तोष मुडभरी एक हजार २६९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मुडभरीका निकटतम प्रतिद्वन्द्वी माओवादीका यदु सुनारले ५९६ मत प्राप्त गरे । वडाका अन्य चार सदस्य पदमा समेत कांग्रेसका प्रत्यासी विजयी भए । मुडभरी निवर्तमान वडाध्यक्षसमेत थिए ।
उपमहानगरपालिकाको २, ३, १८ र १९ वडाको मतगणना गए रातिदेखि जारी छ । उपमहानगरपालिकाको सात हजार ४७० मत गणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार ३२९ मत प्राप्त गरे । उनलाई कांग्रेसका प्रमुखका प्रत्यासी नृपबहादुर वडले एक हजार ८३६ मतसहित पछ्याइएकाे छ ।
उपमहानगरको उपप्रमुखमा माओवादीका शान्ति अधिकारीले एक हजार ६२३ मत र एमालेकी कन्दकला रानाथारुले एक हजार३५३मत प्राप्त गरे । उपमहानगरपालिकाको झण्डै ५० हजार मतको गणना हुन बाँकी छ । कैलालीको गोदावरी र लम्कीचुहा नगरपालिका, जानकी र कैलारी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मतगणनमा आगाडि छन् । नेकपा एकीकृत समाजवादीका प्रमुखका प्रत्यासी घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा आगाडि छन् ।
माओवादीका गौरीगंगा नगरपालिकाको प्रमुखमा र एमाले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा अगाडि रहेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रमुखका प्रत्यासी जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिमा मतगणनामा अगाडि छन् ।
प्रतिक्रिया