सोमबार, असार १६, २०८२

थपिए ७ संक्रमित, निको हुने दर ९८ प्रतिशत

नेपालखोज २०७९ जेठ २ गते १६:५८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप एक हजार ५४६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र १ हजार २३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टा थप नौजना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६६ हजार ९१३ पुगेको छ । कोरोना निको हुनेदर ९८ दशमलव ८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया