वीरेन्द्रनगरको मेयरमा कांग्रेसका खड्का ८१ मतान्तरले अगाडि, एमालेकी ढकालले पछ्याउँदै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयर पदका उम्मेद्वार उपेन्द्रबहादुर खड्काले ८,२११ मत प्राप्त गरेका छन् । खड्का गठबन्धनको सहयोगमा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार हुन् ।
खड्कालाई एमालेकी मोहनमाया ढकालले पछ्याइरहेकी छन् । उनले यो समाचार तयार पार्दासम्म ८,१३० मत प्राप्त गरेकी छन् । उपेन्द्रबहादुर ८१ मतान्तरले अगाडि छन् । यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले २,५३७ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीकी मेयर पदकी उम्मेद्वार धनकुमारी जीसीले ९० मत प्राप्त गरेकी छन् ।
यस्तै उपमेयरमा एमालेका उम्मेद्वार नीलकण्ठ खनाल अग्रस्थानमा छन् । उनले १०,१७० मत प्राप्त गरेका छन् । उपमेयरमा राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ६,१७० मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा स्वतन्त्रबाट अनिल ढकालले २८९ र नेकपा एसका वीरबहादुर राउतले १८३ मत प्राप्त गरेका छन् । माओवादीबाट उपमेयर पदकी उम्मेद्वार शान्ति ढकालले ३७ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर १ को अन्तिम मतपरिणाममा भने नेपाली कांग्रेसका दिनेश खत्री ४१ मतले विजयी भएका छन् भने अन्य सदस्यमा एमालेका उम्मेद्वार विजयी भए । यस्तै वडा नम्बर २ मा एमालेका गजबहादुर बुढा प्यानलसहित विजयी भएका छन् ।
प्रतिक्रिया