बिहीबार, वैशाख २५, २०८२

काभ्रेको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

नेपालखोज २०७९ जेठ ३ गते १३:१२

बनेपा । काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जीतेन्द्रमान तामाङले छ हजार ९८ मत प्राप्त गरी विजयी भए । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गरेका निर्वाचन अधिकृत रुद्र कोइरालाले जानकारी दिए।

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका लेखबाहदुर श्रेष्ठ, वडा नं २ मा नेपाली कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा नकेपा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा नेकपा एमालेका लोकबहादुर कुँवर, वडा नं ५ मा नेपाली कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा नेकपा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा नेकपा एकीकृत समाजवादीका मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा नेकपा एमालेका केशरमान लामा विजयी भए । जिल्लाका अन्य पालिकामा मतगणना जारी छ ।

प्रतिक्रिया