थपिए १९ संक्रमित, १८ जना डिस्चार्ज
नेपालखोज
२०७९ जेठ ३ गते १६:१२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ५६५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ भने ६३२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनालाई कोरोणा संक्रमण देखिएको छैन् । नेपालमा हाल १४९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १८ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ९२१ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया