शनिबार, वैशाख १३, २०८२

१२ भाषाको ‘मायाको सागर’ एल्बम सार्वजनिक, गीत लेखेरै १४ वटा अन्तर्राष्ट्रिय रेकर्ड

नेपालखोज २०७६ फागुन २९ गते ९:४९

काठमाडौं । किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ बुधबार सार्वजनिक भएको छ । वरिष्ठ सङ्गीतकार सिलाबाहादुर मोक्तानको प्रमुख आतिथ्यतमा आयोजित एक कार्यक्रमकाबिच एल्बम सार्वजनिक गरिएको हो ।

सो एल्बममा १२ भाषा समेटिएको छन् । एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटलियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको गीतकार उपाध्यायले बताए ।

नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा। डीआर उपाध्याय र अन्य भाषमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने एरेञ्ज देवेन्द्र नेवाःले गरेका छन् ।

गीत लेखेरै उनले १४ वटा अन्तर्राष्ट्रिय रेकर्ड राखिसकेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

उनले नेपाली गीत(सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार उपाध्याय वर्ष गीत पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया