बिहीबार, वैशाख २५, २०८२

बालेन्द्र करिब दोब्बर मतले अगाडि, पछ्याउँदै स्थापित  

नेपालखोज २०७९ जेठ ३ गते २०:४०

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १२ हजार ८७७ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् ।

पछिल्लो मत परिणामअनुसार स्थापितले ६,८७८ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन पाँच हजार ९९९ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ६ सय १०१ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ६६७ र विवेकशीलकी समीक्षा बास्कोटाले ८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया