मंगलबार, वैशाख १८, २०८१

पौने करोड रुपैयाँ जहाजमा सिध्याउँदै म्यान्मारको शैयरमा छिन राष्ट्रपति, अन्य खर्च कती ?

नेपालखोज २०७६ कार्तिक १ गते १५:३३

१ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मार भ्रमणकालागि जहाज भाडामात्रै पौने करोड रुपैयाँ खर्च भएको छ । म्यान्मार भ्रमणकालागि जहाज चार्टर गर्दा राज्यकोषको पौने करोड रुपैयाँ स्वाहा भएको हो ।

२४ जनाको जम्बो भ्रमण टोली बोकेर म्यान्मार गएकी राष्ट्रिपतिकालागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ’लुम्बिनी’ चार्टर गरिएको थियो । बैंककदेखि म्यान्मारका लागि यो जहाज चार्टर गरिएको थियो । चार्टर उडानको दर जहाजको प्रकार र प्रति घण्टाको हिसाबले निर्धारण गरिँदै आएको छ । यसका लागि प्रति घण्टा करिब १४ लाख रुपैयाँ खर्च लाग्छ ।

बैंकक—म्यान्मार उडान समय एक घण्टा १३ मिनेट रहेको निगमका अधिकारीले जानकारी दिए । निगमको भाडादर अनुसार जहाज एकतर्फी चार्टर उडान गर्दा करिब १६ लाख रुपैयाँ शूल्क लाग्ने देखिन्छ भने दुई तर्फी चार्टर उडान गर्दा करिब ३२ लाख रुपैयाँ शूल्क लाग्छ ।

म्यानमारदेखि बैंककसम्मको चार्टर

राष्ट्रपति भण्डारी आउँदो बुधबार यही जहाजमार्फत म्यानमारदेखि बैंककसम्मको चार्टर उडान गर्नेछिन् । जसको चार्टर खर्च ३२ लाख रुपैयाँ लाग्ने छ । यो पनि राज्य कोषकै रकम हो । यसरी हिसाब गर्दा दुईतर्फी चार्टरकालागि सरकारले करिब ६४ लाख रुपैयाँ राज्य कोषको रकम खर्च गर्नुपर्ने देखिन्छ ।

काठमाडौँदेखि बैंकक र बैंककदेखि काठमाडौँकालागि १३ लाख ६५ हजार खर्च

बैंककसम्मको चार्टर पश्चात भने राष्ट्रपतिको जम्बो भ्रमण टोली नियमित उडानमै नेपाल फर्किने बताईएको छ । नियमित उडानै भएपनि बैंककबाट नेपाल फर्किदाँको जहाज खर्च रकम कम छैन ।

निगमका अनुसार काठमाडौँदेखि बैंकक र बैंककदेखि काठमाडौँ दुईतर्फी यात्रा गरेको २४ जनाको भाडा रकम १३ लाख ६५ हजार रुपैयाँ बढी हुन्छ । चार्टर र नियमित उडान खर्च जोड्दा ७७ लाख ६५ हजार रुपैया खर्च हुने देखिन्छ। राष्ट्रपति भण्डारी २४ जनाको टोली बोकी गएको बुधवार म्यान्मार उडेकी हुन् ।

प्रतिक्रिया