शनिबार, वैशाख २७, २०८२

विराटनगरमा १९,६२८ मतसहित कांग्रेसका नागेश अघिअघि, सागरको १४,७०९

नेपालखोज २०७९ जेठ ५ गते १४:४६

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुख कांग्रेस अग्रस्थानमा देखिएको छ । एमाले दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । काठमाडौं, विराटनगर, भरतपुरलगायत स्थानीय तहमा परिणाम कस्तो हुने हो भन्ने आमचासो छ ।

विराटनगर महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रस्थान बनाएका छन् । उनले १९,६२८ मत प्राप्त गरेका छन् । नागेशलाई एमालेका सागरकुमार थापाले पछ्याइरहेका छन् । थापाले १४,७०९ मत प्राप्त गरेका छन् । नागेशले सागरलाई ४,९१९ मतान्तरले छाड्दै अघि बढिरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले ६,२५१ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले ३,७८१ मत प्राप्त गरेका छन् ।

यसैबीच उपमेयरमा एमालेकी शिल्पा कार्की अगाडि छन् । उनले १६,९९४ मत प्राप्त गरेकी छन् । यसैगरी जसपाबाट उपमेयरका उम्मेद्वार अमरेन्द्र यादवले १०,०२७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया