सोमबार, असार १६, २०८२

१२ जनामा कोरोना, निकाे हुने दर ९८ प्रतिशत

नेपालखोज २०७९ जेठ ५ गते १६:०३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ५८० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन् । नेपालमा हाल १४७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ९ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ९३८ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया