मंगलबार, वैशाख १८, २०८१

६० स्रष्टालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने

नेपालखोज २०७९ जेठ १० गते १७:१४

काठमाडौं । ६० स्रष्टालाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरिने भएको छ । नेपाली वाङमयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा. सत्यमोहन जोशीको गरिमामय उचाइ अभिवृद्धिका लागि गरेको योगदानको कदर गर्दैउनीहरूलाई सो पुरस्कार प्रदान गर्न लागिएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

आगामी जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्राप्त गर्नेहरूमा अजरमान जोशी, अनुकृतिका, अनुराधा थापा, अमर मिरिङचिङ, आभा श्रेष्ठ कर्ण, कञ्चनजंघा प्रसाई, कलाधर काफ्ल, श्रीमती कावेरी जोशी, कृष्णगोपाल श्रेष्ठ, केशवराज जोशी, गंगा मुल्मी, गोपालनाथ योगी, चन्द्रा ओडारी, जीवन आले, जीवेन्द्र सिम्खडा, ढण्डुराज घिमिरे र तारानाथ दाहाल छन् ।

यसैगरी, तुलसीहरि कोइराला, दुर्गा वनवासी, देवकी श्रेष्ठ, नरेन्द्रराज पौडेल, नृपेन्द्रलाल श्रेष्ठ, पूर्ण लामा, पूर्णकला लिम्बू विष्ट, प्रमोद प्रधान, प्रेमशान्ति तुलाधर, प्रा.डा.बालमानसिंह कार्की, भरतमणि सुवेदी, मणि लोहनी, मनोज बर्मा, मीना बज्राचार्य, यमुना श्रेष्ठ, यशोदा अधिकारी र युवराज नयाँघरे छन् ।

त्यसैगरी, रमण घिमिरे, राजकुमार रेग्मी, राजितबहादुर श्रेष्ठ,प्रा.डा.राज्यश्री श्रेष्ठ, डा.लेखप्रसाद निरौला, लोग्सरी कुँवर, वसन्त चौधरी, विन्दा रखाल, विराजकाजी राजोपाध्या, प्रा.डा.वीणा पौड्याल, शान्तराज शाक्य, शान्ति शर्मा, डा. शैलेन्दुप्रकाश नेपाल, सन्तोष देवकोटा र प्रा.डा.सावित्री कक्षपतीले ‘सत्यमोहन जोशी शताब्दी पदक’ पाउने भएका छन् ।
अन्य स्रष्टाहरूमा सिर्जना तिमिल्सना, सुनील महर्जन, प्रा.डा.सुरज बज्राचार्य, सुरेन्द्रभक्त श्रेष्ठ, सुशील अर्याल, सुशीला तामाङ, डा. हरिप्रसाद पोखरेल (मानसाग्नि), हेमा मानन्धर, ज्ञान उदास, ज्ञानु अधिकारी र ज्ञानेन्द्र विवस रहेका छन् ।

‘सत्यमोहन जोशी शताब्दी पदक’ यसअघि २२६ जना स्रष्टाले पाइसकेका छन् । जेठ २१ गते नै गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’, मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’, शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार ’ तथा प्रा.डा. उषा ठाकुर र श्री तारानाथ दाहाललाई ‘भद्र घले पदक’ पनि समर्पण गरिने कार्यक्रम रहेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले पदक तथा पुरस्कारसम्बन्धी निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया