आइतबार, वैशाख २१, २०८२

ललितपुर महानगरमा १८,१६२ मतान्तरले चिरिबाबु महर्जन विजयी

नेपालखोज २०७९ जेठ १० गते २१:३७

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । महर्जनले नेकपा एमालेका प्रतिद्वन्द्वी हरिकृष्ण व्यञ्जनकारलाई १८,१६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

महर्जनले ४२,७२२ मत पाउँदा व्यञ्जनकारले २४,५६० पाएका छन् । चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका हुन् । ०७४ मा भएकाे निर्वाचनमा उनी मेयर पदमा विजयी भएका थिए ।

त्यस्तै उपमेयरमा भने एमालेकी मञ्जली शाक्य २५,०८४ मत पाएर विजयी भएकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८,७५१ ले मत पाए ।

प्रतिक्रिया