मंगलबार, वैशाख १८, २०८१

सातवटै प्रदेशकाे पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ १२ गते ६:१०

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश लागायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली रही प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ र वाग्मती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया