आइतबार, असार ८, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ जेठ १९ गते १०:४५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया