मंगलबार, वैशाख १८, २०८१

गृह मन्त्रीको निर्देशनमा पाँच जिल्लाका सिडियोको सरुवा

नेपालखोज २०७६ कार्तिक २ गते १०:३९

२ कार्तिक, काठमाडौं । सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण मानिएको तिहारको समय पारेर गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) को सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार कात्तिक १ गतेको गृह मन्त्रालयले बर्दिया, स्याङजा, गुल्मी, दार्चुला र ईलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुमा सरुवा गरेको हो ।
सरुवा हुने सिडियोहरुमा रामबहादुर कुरुम्वाङलाई बर्दियाबाट स्याङजा सरुवा गरिएको छ । कोशहरि निरौलालाई स्याङजाबाट गुल्मीमा सरुवा गरिएको छ ।

यदुनाथ पौडेललाई गुल्मीबाट दार्चुला, शंकरबहादुर विष्टलाई दार्चुलाबाट ईलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु र प्रेमलाल लामिछानेलाई चन्द्रौटाबाट बर्दिया सुरुवा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया