घरमा शान्ती राख्न के गर्ने ?

वास्तुशास्त्रमा यस्ता धेरै उपायहरु उल्लेख गरिएको छ जसको प्रयोग गरेर तपाईं नराम्रो नजरको असरबाट बच्न सफल हुन सक्नुहुन्छ । घरमा फैलिएको नकारात्मकतालाई हटाउन के गर्ने ?
धूप बाल्नु
हाम्रो वातावरणमा रहेको नकारात्मक ऊर्जालाई शुद्ध गर्ने र सकारात्मक ऊर्जालाई आकर्षित गर्ने अर्को तरिका धूप बाल्नु हो । सेतो धुवाँले शारीरिक र मानसिक दुवै स्वास्थ्य लाभ गर्ने विश्वास गरिन्छ । सुगन्धले आध्यात्मिक र ध्यान अवस्था प्राप्त गर्न पनि मद्दत गर्छ। अगरबत्तीको सुगन्धले उर्जा बढाउँछ र चारैतिर शान्तिको भावना फैलाउँछ ।
सेतो मैनबत्ती
तपाईंको घरमा सेतो मैनबत्ती बाल्नुहोस्, यसले घरमा रमाइलो वातावरण सिर्जना गर्छ । मैनबत्ती बाल्दा घरमा ऊर्जाको सन्तुलन कायम रहन्छ । यसले नकारात्मक उर्जालाई हटाएर सकारात्मक उर्जामा परिणत गर्छ । वास्तुशास्त्रका अनुसार मैनबत्तीबाट निस्कने ऊर्जाले नकारात्मक ऊर्जालाई काट्छ, जसका कारण सकारात्मक ऊर्जा स्वतः बढ्छ । तर मैनबत्ती राख्ने ठाउँ छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । घरको पूर्व, उत्तर-पूर्व र दक्षिण दिशामा मैनबत्ती बाल्दा घरमा सुख-समृद्धि आउँछ ।
ताजा फूलहरूले खराब ऊर्जा हटाउँछ
हामी प्रायः घरमा राखिएको फूलदानीमा ताजा फूल राख्छौँ तर दुई–तीन दिनपछि फूल सुकाउन थाल्छ । यस्तो अवस्थामा ती सुकेको फूललाई तुरुन्तै निकाल्नुपर्छ । घर होस् वा अफिस, सुक्खा फूललाई कहिल्यै पनि राख्नु हुँदैन किनभने यसले नकारात्मकता फैलाउँछ । राम्रो ऊर्जाको प्रवाहलाई कायम राख्न, तिनीहरूको ठाउँमा ताजा फूलहरू रोप्नुहोस् ।
नुनले नकारात्मक ऊर्जा हटाउँछ
कोठाको कुना र गलैंचामा नुन छर्क्दा घरबाट नकारात्मक ऊर्जा हट्ने विश्वास गरिन्छ । साथै, प्रवेशद्वार नजिक समुद्री नुन राखेर कपडा वा डोरमेटले छोप्दा नकारात्मक ऊर्जा टाढा रहन्छ ।
प्रतिक्रिया