आइतबार, असार ८, २०८२

सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ जेठ २२ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार ९० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया