मंगलबार, असार १०, २०८२

राष्ट्र बैंकले जारी गर्यो विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण नियमावली-२०७९

नेपालखोज २०७९ जेठ २५ गते २०:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण नियमावली २०७९ जारी गरेको छ ।

विप्रेषणसम्बन्धी कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को १२ ले दिएको अधिकार प्रयोग गरी बुधबार यो विनियमावली जारी गरिएको हो ।

राष्ट्र बैंकका अनुसार यो विनियमावली नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०७९ जेठ १८ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

विप्रेषण कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन प्रचलित कानुन तथा अन्य नीतिगत व्यवस्थाअन्तर्गत रहेर निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले विनियमावली जारी गरिएको राष्ट्र बैंकको भनाइ छ ।

प्रचलित कानुनबमोजिमको व्यवस्था र यस बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनहरू को पालना भए/नभएको परिक्षण गर्ने, विप्रेषणको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, विप्रेशकले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोबारमा अन्तर्निहित जोखिम पहिचान तथा सोको व्यवस्थापन परीक्षण गर्ने र यस बैंकबाट माग गरिएको वा सो बैंकमा पेस हुन आएको विवरण तथा जानकारीको अध्ययन र विश्लेषण गर्ने कार्य विनियमावलीले राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया