चितवन निकुञ्जमा बाघको संख्या बढ्दो, आक्रमणबाट २६ महिनामा ३७ जनाको मृत्यु
नेपालखोज
२०७९ जेठ २८ गते १६:०४

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जका जनावरले आक्रमण गर्दा २६ महिनामा ३७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । निकुन्जबाट बाहिर निस्किएर सबैभन्दा धेरै बाघको आक्रमणबाट मृत्यु हुने गरेको छ ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या पनि बढ्दै गएको छ । संख्या बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको निकुन्जका कर्मचारीले बताएका छन् । ज्यान गुमाउनेको दोस्रो बढी संख्या गैँडाबाट छ ।
गैंडाको आक्रमणबाट अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । यस्तै हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । निकुन्जबाट निस्किने जनवारमध्ये सबैभन्दा बढी खतरा बाघ, गैंडा र त्यसपछि हात्तीबाट देखिएको छ । पछिल्लो तीन महिनायता मात्रै बाघको आक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया