आइतबार, असार ८, २०८२

सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ जेठ २९ गते ११:३३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला १५ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार पनि ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य १५ सयले बढेकाे छ ।आज तेजाबी सुन ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया