एमाले सांसदले भने- कमिसनका कारण २४ लाख खोपको हिसाब नदेखिएको हो ?
नेपालखोज
२०७९ जेठ २९ गते १३:४६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले हराएको कोभिडविरुद्धको खोपको जवाफ दिन सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले २४ लाख हराएकाले त्यसको जवाफ दिन माग गरेका हुन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएकाले त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।
आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशल्क उपलब्ध गराउने व्यवस्था गरेको उनले दाबी गरे । सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया