आइतबार, असार ८, २०८२

सुनचाँदीको मूल्य घट्याे

नेपालखोज २०७९ जेठ ३० गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सयले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ३ सयले घटेकाे छ ।आज तेजाबी सुन ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया