१५ जनामा कोरोना, १३ जना डिस्चार्ज
नेपालखोज
२०७९ जेठ ३० गते १६:५४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार १२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०२ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १३ जना कोरोना भाइरस संक्रमण मुक्त भई ७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार २१७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।
सम्बन्धित
प्रतिक्रिया