सुनकाे मूल्य १८ सयले घट्याे
नेपालखोज
२०७९ जेठ ३१ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १८ सयले घटेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार पनि ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य १८ सयले घटेको छ ।आज तेजाबी सुन ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया