सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७९ असार ३ गते १०:३७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ५ सयले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार पनि ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ५ सयले बढेको छ ।आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया