३४ जनामा कोरोना, १५ जना डिस्चार्ज
नेपालखोज
२०७९ असार ३ गते १७:०४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार ३७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०४ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया