‘होन्डा मनसुन एक्सचेन्ज’ उपहार योजना सुरु
नेपालखोज
२०७९ असार ७ गते १६:३५

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा चार हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ । साथै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
योजना २०७९ असार ५ देखि असार १० गतेसम्म मात्रै लागु हुनेछ । यो योजनाअन्तर्गत उपत्यकाभित्रका ग्राहकले मात्रै सहभागिता जनाउन सक्नेछन् । नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया