मंगलबार, वैशाख १८, २०८१

जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

नेपालखोज २०७९ असार ९ गते १०:३५

काठमाडौं । राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा आज (विहीबार)देखि सुरु हुने भएको छ । राष्ट्रिय युवा परिषदले हरेक वर्ष सम्मेलन गर्दै आएकोछ । अघिल्लो वर्ष प्रदेश १ मा सम्मेलनको आयोजना गरिएको थियो । यस वर्षभने मधेश प्रदेशमा आयोजना गरिने भएको हो ।

असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्र्ने भएका छन् । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुने आयोजकले जनाएको छ । नयाँ वैज्ञानिक आविस्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना जनाइएको छ ।

विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानको क्षेत्रमा क्रियाशीलहरु सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा कृषि, औषधि, विज्ञान, प्रविधि, नवप्रवर्तन सम्बन्धी प्रस्तुति रहने छ । सम्मेलनमा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाहको पनि प्रस्तुती रहने भएको छ ।

प्रतिक्रिया