आइतबार, जेठ ६, २०८१

पाचन शक्ति बलियो बनाउन खानैपर्ने प्राकृतिक जडीबुटी

डा. हेमराज कोइराला २०७९ असार २० गते ८:४३

भनिन्छ पाचन क्षमता मजबुत भएकाहरूलाई ढुंगा–माटो खाएपनि पच्छ । खाएको पचुन्जेल कुनै प्रकारको रोगले पनि सताउन सक्दैन । यसर्थ पाचन क्षमतालाई बलियो बनाई राख्नु रोगहरूको रोकथाम एवं प्रतिकारको महत्त्वपूर्ण अश्त्र हो । राम्रो स्वास्थ्य र दीर्घ जीवन चाहने हर कसैले पाचन क्षमतालाई अक्षुण राखिरहनुपर्ने हुन्छ ।

अझ प्राकृतिक स्वास्थ्य विज्ञानको दृष्टिमा त हाम्रा सम्पूर्ण रोगहरूको सुरूवात पेटबाट हुने मानिएको छ अर्थात हरेक रोगहरूको सुरूवात मन्दाग्निबाट हुन्छ र मन्दाग्निको उपचार गरेर नै धेरै रोगहरूबाट छुटकारा पाउन सकिन्छ । यसकारण पाचन शक्तिलाई मजबुत बनाई राख्नु स्वस्थ जीवन चाहने हर कसैको प्रथम दायित्व हो । पाचन शक्ति गडबड भएमा अरूची, अस्वाद, अपच, अजिर्ण, छातीमा जलन, पेटको माथिल्लो भाग पोल्ने वा दुख्ने, र्‍याल काढिने, अम्लपित्त बढ्ने, थकान महसुस हुने, भारीपन बढ्ने जस्ता लक्षण देखिन्छन् ।

पाचन शक्ति गडबड हुनुमा मूलतः हाम्रो जीवनशैली कै प्रमूख भूमिका रहेको हुन्छ । जीवनशैली भनेको भोजनशैली, व्यायामशैली, विश्रामशैली, विचारशैली र व्यावहारशैलीको संयूक्त रूप हो । गरिष्ठ भोजनको सेवन, पेट भरेर खानाखाने बानी, असामयिक खाना, सुख्खा, चिसो र भारी खानाको सेवन, प्रशोधित खानेकुराहरूको सेवन, दिनमा सुत्ने र रातमा जागा रहने बानी, अधारणीय वेगहरूको नियन्त्रण, शरीरमा विजातिय द्रव्यहरूको संकलन, मानसिक तनाव, चिन्ता, भय, उदासिनता, क्रोध, ईश्या, अब्रह्मचर्यत्व वा अति मैथून, चिया, कफी, सुर्ती, सुपारी आदिको अत्याधिक सेवन, खाना छिट्छिटो खाने बानी, खाना राम्ररी चपाउनु, धेरै मसलादार खानेकुराको सेवन, मदिरापान, चकलेट सेवन आदि पाचन क्षमतालाई नष्ट गर्ने आनिबानीहरू हुन् । पाचन क्षमता कमजोर भएकाहरूले सर्वप्रथम यस समस्याको कारण पत्ता लगाएर ती कारण हरूलाई हटाउनु पर्ने हुन्छ । यसका अलावा केही प्राकृतिक उपचार र केही प्राकृतिक जडिबूटिहरूको सेवनले यो रोग ठीक हुन्छ ।

पाचन क्षमता कमजोर भएकाहरूलाई निम्नलिखित प्राकृतिक जडिबूटि उपयोग गर्न सल्लाह दिइन्छ ।

१. सौफको सेवन

खाना खाइसके पछि सौफ चवाउने चलन पुरानो हो । सौफको सेवनले पाचनशक्ति बलियो बनाउने, अपच, अजिर्ण कमगर्ने, आन्द्राहरूको मांशपेशीमा हुने कड्कता कमगर्ने र कब्जियत कमगर्ने, पेटको दुखाई कमगर्ने र ग्याष्ट्रिक एवं अम्लपित्त कमगर्ने गर्छ । ५ देखि १० ग्राम सौफको दानालाई खालीपेटमा वा खानाखाए पछि चवाएर खादाँ पाचन शक्ति बलीयो हुन्छ तर सौफलाई कहिले पनि चिनी, मिश्री र शक्खरसंग खानु हुँदैन।

२. धनियाँको सेवन

धनियाको सेवन पनि पाचन शक्ति बढाउने महत्त्वपूर्ण उपाय हो । यसले क्षुधा बढाउने, अग्नि प्रदिप्त बनाउने, पेटको गर्मीलाई शान्त गराउँने, ग्यास र एसिडिटीको समस्यालाई समन गर्नुका साथै, कब्जियत र वायु बढ्ने समस्यालाई पनि राम्रो गर्छ । ५ देखि १० ग्राम धनियाँलाई रातभरी पानीमा भिजाएर पानीसहित खाँदा वा सग्लो दाना चवाएर खाँदा वा धनियाँको दानालाई पिसेर पानीमा मिलाएर पिउदा वा धनियाँको पत्ताको चटनी खाँदा पेटको लागि राम्रो हुन्छ ।

३. अमलाको सेवन

अमला बहुउपयोगी वनस्पति हो र त्यसमापनि पेट रोगका लागि अमलाको सेवन अत्यन्त अपयोगी छ । अमलाको सेवनले भोक लाग्ने, खाना पच्ने, एसिडीटि कम हुनुका साथै कब्जियत र आपनवायूको समस्यालाई कम गर्ने गर्छ । अमलाको फल, रस, चूर्ण वा चट्नी जे खाए पनि पेटको लागि राम्रो हो तर अमलाको मुरब्बा वा पुरानो अचार भने स्वास्थ्यको लागि त्यत्ति राम्रो होइन । अमला मिश्रीत त्रिफलाको सेवनले पनि पेट सफा गर्न र भोक बढाउन मद्दत गर्छ ।

४. अदुवाको सेवन

अदुवालाई पनि महत्वपूण पाचक औषधि मानिएको छ । यसको सेवनले खाना नपच्ने, वाकवाकी लाग्ने, पेट सुन्निने, दुख्ने, ढुस्स हुने, जस्ता समस्याबाट राहत मिल्छ । २ ग्राम सूकेको अदुवाको धुलोलाई तातोपानीका हालेर खानाखानुभन्दा पहिले पिउँदा वा ५ ग्राम काँचो अदुवालाई नुन वा शक्खरसँग खानाखानुभन्दा पहिले दिनको २ पल्ट खानेगर्दा पेटको समस्यामा फाइदा पु¥याउदछ । अदुवाको चिया पनि पेटरोगको लागि राम्रो हो ।

५. घ्यूकुमारीको सेवन

घ्यूकुमारी अथवा एलोभेराको सेवनले पनि पेटको रोगमा निकै फाईदा पुर्‍याउँछ । यदि तपाईं पेट दुख्ने, पेट फुल्ने, अल्सर आदि जस्तौ पेट सम्बन्धी समस्याबाट पिडित हुनुहुन्छ भने घ्यूकुमारीको गुदिलाई पानीमा घोलेर सेवन गर्न सक्नुहुन्छ ।

६. हर्रोको सेवन

हर्रोको सेवनले धेरै प्रकारका पेटरोगको लागि फाईदा पुर्‍याउँछ । यसको सेवनले पाचन इन्जाइमहरू बढाएर पाचनमा मद्दत गर्ने, एसिडिटी कम गर्ने, पोषक तत्वहरूको अवशोषणमा सुधार गर्ने देखि कब्जियत, अधोवायूको समस्या देखि पाइल्स र फिस्चूलाबाट पनि बचाउँछ । यसले पाँचन प्रणालीलाई विषाक्त पदार्थहरूबाट पनि मुक्त गर्न मद्दत गर्छ । ५ दखि १० ग्राम हर्रोको चूर्णलाई तातोपानीमा हालेर राति सुत्ने बेलामा वा बिहान खालि पेटमा खाँदा विशेष फाईदा गर्छ ।

७. कागतीको सेवन

पेटको समस्याको लागि कागतिको सेवन अत्यन्त लाभदायक छ । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने भएकाले यसले पाचन प्रणालीका साथै प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । केही खाए पश्चात दैनिक ३ चोटि ७ देखि १५ मि.ली. कागतिको रस पिउनेगर्दा पाचन शक्ति बढ्दछ ।

८. बेसारको सेवन

बेसारलाई दूधमा मिसाएर वा मनतातो पानीमा एक चुटकी बेसार मिसाएर खाँदा पाचन प्रणालीलाई बलियो मात्र बनाउँदैन, पेटसम्बन्धी धेरै समस्याहरूबाट पनि छुटकारा दिलाउँछ ।

९. सुकुमेलको सेवन

सुकुमेलमा पेटलाई स्वस्थ बनाउने धेरै पौष्टिक तत्वहरू पाइन्छन् । यस्तो अवस्थामा राति सुत्नुअघि वा खाली पेटमा सुकुमेलको सेवन गर्न सक्नुहुन्छ ।

१०. मरिचको सेवन

मरिच पनि पाँचन शक्ति बढाउने औषधि हो । पाचन शक्ति कमजोर भएकाहरूले १ ग्राम मरिचको धुलोलाई १ ग्राम बिरेनुनसँग मिलाएर आधा काटिएको कागतिमा हालेर त्यो कागतिलाई भुङ्ग्रोको आगोमा हल्का सेकाएर चूस्दा पाचन क्षमता बढ्छ ।

११. बिरेनुनको सेवन

बिरेनुनलाई पनि पाचाक द्रब्यको रूपमा चिनिएको छ । यसले मेटाबोलिज्म बढाउनुका साथै शरीरमा इलेक्ट्रोलाइट्सहरूको सन्तुलन गर्न मद्दत गर्छ ।

१२. कालोजिराको सेवन

कालोजिरा अर्थात कारावेजको सेवन पनि पेटको पाचन शक्ति बढाउनकोलागि उपयोगी मसला हो । कालोजीराको धूलोलाई, धनियाँको धूलो र शक्खरसँग बराबर मात्रामा मिसाएर एक÷एक चम्चा बिहान्बेलुका खादा अमिलोपानी आउने समस्या कम हुन्छ । यसै गरि ५ ग्राम कालोजीराको धूलोलाई ५ ग्राम सिदेनूनको धूलो र १ ग्राम घ्यूमा फुराएको हिङ्ग मिसाएर मनतातो पानीसँग खाँदा पखाला राेकिन्छ ।

१३. हिंगको सेवन

अपच अजिर्णताको समस्यामा हिंगको सेवन उपयोगी मानिएको छ । दैनिक २५० एमजी हिंगको सेवन पाचन प्रणालीलाई मजबुत बनाउनको लागि अत्यन्त उपयोगी मानिएको छ । हिंगलाई दालमा, सर्वतमा वा अन्य काढाको साथमा पनि खाने चलन छ ।

१४. ज्वानोको सेवन

सुत्केरी मसलाको रूपमा प्रयोग गरिँदै आईएको ज्वानो राम्रो पाचक औषधि हो । ज्वानोमा विद्यमान इन्जाईमहरूले पेटमा एसिडको प्रवाहलाई सुधार गरि अपच, अजिर्ण, ब्लोटिङ्ग र ग्यासको समस्यालाई कमगर्न मद्दत गर्छ । यस औषधिको सेवनले पेप्टिक अल्सर लगाएत अन्ननली, पेट र आन्द्रामा घाउहरूलाई पनि निको पार्न मद्दत गर्छ ।

१५. अनारको बियाँ वा बोक्रा सेवन

अनारको बियाँ अथवा बोक्राको सेवनल धेरै रोगहरूमा काम गर्छ र त्यसमा पनि पेटका रोगहरूमा विशेष काम गर्छ । अनारले मुख्यतः पेटका ब्याक्टेरियाहरूलाई राम्रो गर्ने हुँदा धेरै जीर्ण रोगहरूमा

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया