शनिबार, वैशाख २७, २०८२

ज्यान गुमाउनेको संख्या १३ पुग्यो, २० घाइते

नेपालखोज २०७९ असार २१ गते १५:२०

रामेछाप । रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । २० जना घाइते भएका छन् । नौ जनाको घटनास्थलमै र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।मृत्यु हुनेमा अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा रामेछापको सुनापति गाउँपालिका ५ का ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ, खटबहादुर तामाङ र सुनापति गाउँपालिका ४ बस्ने समिता तामाङ छिन् । यस्तै ज्यान गुमाउनेमा काभ्रेको रोशी गाउँपालिका ४ का कमल तामाङ, पाँचखाल नगरपालिका ८ सुदीप बस्नेत, मन्डनदेउपुर ९ का शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ का कुलबहादुर विकको पहिचान खुलेको छ ।

ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज (मंगलबार) बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । घाइतेको धुलिखेल अस्पतालमा भईरहेको छ ।

प्रतिक्रिया