शनिबार, असार ७, २०८२

कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७७ पैसा

नेपालखोज २०७९ असार २४ गते ८:१६

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९९ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ ३० पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३४ पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ६७ पैसा रहेकाे छ भने, बिक्रीदर ३३ रूपैयाँ ८३ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया