शनिबार, वैशाख १३, २०८२

सिमा क्षेत्रमा आएका नेपालीलाई आज नेपाल प्रवेश गर्न दिइने सरकारको निर्णय

नेपालखोज २०७६ चैत ११ गते १७:१०

काठमाडौं । भारतबाट नेपाल फर्कदै गरेका नेपालीहरुलाई १४ दिनको होम क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल प्रवेश गर्न दिने सरकारले निर्णय गरेको छ ।
आजदेखि सरकारले गरेको लकडाउन गरेका कारण भारतबाट नेपाल आएका नेपालीहरुको ठूलो संख्या गड्डाचौकी नाकामा अलपत्र परेका थिए । त्यहाँ तनाब समेत सिर्जना भएको थियो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा.युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

प्रतिक्रिया