शनिबार, वैशाख २७, २०८२

पहिलो पटक महिला यूरोकपको फाइनलमा पुग्ने लक्ष्यमा इंग्ल्याण्ड

नेपालखोज २०७९ साउन १० गते ६:५४

काठमाडाैं । यूइएफ युरोकपको पहिलो सेमिफाइनलमा आज राति इंग्ल्याण्ड र स्विडेनविच प्रतिस्पर्धा हुँदैछ । सन् १९८४ को च्याम्पियन स्विडेन र पहिलो पटक युरो कपको फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।

इंग्ल्याण्ड पहिलो पटक महिला युरोकपको सेमिफाइनलमा पुगेको हो । जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेको इंग्ल्याण्डले समूह चरणको खेलमा नर्वेलाई आठ शून्यको भारी अन्तरले हराएको थियो भने क्वाटरफाइनलमा स्पेनसँग एक गोलले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो । 

फिफा बरियतामा दोस्रो स्थानमा रहेको स्विडेन युरो कप खेल्ने टिमहरुमा शिर्ष बरियतामा रहेको टिम हो । क्वाटरफाइनलको खेलमा बेल्जियमलाई इन्जुरी समयमा हराउँदै सेमिफाइनलमा पुगेको हो । अहिलेसम्म यी दुई टिम २६ पटक खेल्दा इंग्ल्याण्डले मात्र तीन खेल जितेको छ भने १५ पटक स्विडेन विजयी भएको छ । युरो कपमा यी दुई टिम यसअघि सात पटक खेलेका छन् । जसमा इंग्ल्याण्डले एक खेलमात्र जितेको छ ।

प्रतिक्रिया