शनिबार, वैशाख २७, २०८२

साफ यू-ट्वान्टी : श्रीलंकाविरुद्ध नेपालको सानदार जित

नेपालखोज २०७९ साउन ११ गते २१:५७

काठमाडाैं । भारतमा जारी साफ यू-ट्वान्टी च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हासिल गरेकाे छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० गोल अन्तरले पराजित गरेको नेपालले आज भएको दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३–० गोल अन्तरको जित हासिल गरेकाे हाे ।

भुवनेश्वरमा जारी प्रतियोगिताको खेलमा नेपालले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थियो । दोस्रो हाफमा गोल निकाल्दा नेपालका लागि ५८औं मिनेटमा आयुष घलानले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि ६५ औं मिनेटमा कृतिस रत्न छुन्जुले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले आयुसको सहयोगमा गोल गरेका थिए । 

श्रीलंकाविरुद्ध हावी भएको नेपालले ८४ औं मिनेटमा तेस्रो गोल गरेका थियो । सुगम सुवालको पासमा जनग्या नकर्मीले गोल गरेपछि नेपाल ३–० गोल अन्तरले विजयी भयो ।

प्रतिक्रिया