नाग पुजिँदै (तस्बिरसहित)
नेपालखोज
२०७९ साउन १७ गते १४:०९

काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज (मंगलबार) परम्पराअनुसार काठमाडौंको नक्सालस्थित नागपोखरी परिसरमा भक्तजनहरुले नागको पूजा गरेका छन् । नाग पञ्चमीका दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरले घरको मूल ढोकामाथि नागको चित्र टाँसेर नागको पूजा गरिन्छ । आजकै दिनदेखि वर्षायाम समाप्त भई दिउँदयाम सुरु भएको मानिन्छ । घरमा अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने, आगो र सर्पको भय नहुने धार्मिक विश्वास छ । तस्बिर : चन्द्रकला क्षेत्री




सम्बन्धित
प्रतिक्रिया