शनिबार, वैशाख २७, २०८२

एन्फाको दोस्रो कार्यसमितिको बैठक साउन २६ गते बस्ने

नेपालखोज २०७९ साउन १७ गते १८:२०

काठमाडाैं । एन्फाको दोस्रो कार्यसमितिको बैठक साउन २६ गते बस्ने भएकाे छ । दुईपटकसम्म स्थगित भएको एन्फाको दोस्रो कार्यसमितिको बैठक साउन २६ गते बिहीबार बस्ने भएकाे हाे ।

साउन २६ गते बिहान १० बजेका लागि बैठक बोेलाइएको एन्फाले जनाएको छ । सातदोबाटो एन्फा मुख्यालयमा हुने बैठकमा यसअघिकै १८ वटा एजेन्डामा छलफल हुने छ । यो बैठक सुरुमा साउन २ गतेका लागि बोलाइएको थियो ।

एन्फा अध्यक्ष अस्वस्थ भएर अस्पताल भर्ना भएपछि पहिलो पटक स्थगित भएको बैठक त्यसपछि साउन ५ गतेका लागि बोलाइएको थियो । साउन ५ गते उपस्थितिको विषयमा विवाद भएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बैठक स्थगित भएको घोषणा गर्दै बाहिरिएका थिए । 

अब बस्ने भनिएको बैठकमा एन्फाको सीईओ, साहायक महासचिव लगायतको नियुक्ति, महिला साफको आयोजनाको बारेमा र एनएसएलको विषयका मुख्य एजेन्डामा छलफल केन्द्रित रहने छ । 

प्रतिक्रिया