ग्लोबल आईएमईको नाफा उच्च, एनआईसी एसिया दोस्रो स्थानमा
कुन बैंकले कति कमायो नाफा ? हेर्नुहोस् यस्तो छ अवस्था (तालिकासहित)

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये १९ वटाले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार आर्थिक वर्षको अन्तिम त्रैमासको प्रतिवेदन त्रैमास सकिएको २१ दिनभित्रमा प्रकाशन गरिसक्नुपर्ने छ । सोअनुसार साउन १९ गते अर्थात् आज (बिहीबार) सम्ममा १९ वाणिज्य बैंकले आर्थिक वर्ष ०७८/७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये सबैभन्दा बढी नाफा भने ग्लोबल आईएमई बैंकले कमाएको छ । एक दर्जनभन्दा बढी बैंकलाई आफूमा गाभेको ग्लोबलले आव ०७८/७९ मा पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने ग्लोबलको यस्तो नाफा चार अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ थियो ।
खुद मुनाफा आर्जनमा एनआईसी एशिया बैंक भने दोस्रो स्थानमा परेको छ । एनआईसी एशियाले आव ०७८/७९ मा चार अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो नाफा तीन अर्ब २५ करोड ९९ लाख ३४ हजार रुपैयाँ थियो ।
वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक भने बढी नाफा कमाउने बैंकको सूचीमा तेस्रो स्थानमा परेको छ । अघिल्लो आवमा तीन अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ खुद मुनाफा कमाएको नेपाल इन्भेस्टमेन्टले आव ०७८/७९ मा भने चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । एनएमबी, प्राइम कमर्सियल र सिद्धार्थ बैंकले भने आव आव ०७८/७९ मा क्रमशः तीन अर्ब ७० करोड १३ लाख १७ हजार, तीन अर्ब ६८ करोड १२ लाख ३२ हजार र तीन अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यि बैंकहरूको यस्तो नाफा क्रमशः दुई अर्ब ७१ करोड १० लाख ७४ हजार, तीन अर्ब २६ करोड ८४ लाख र दुई अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी कुमारी र कृषि विकास बैंकले पनि आव ०७८/७९ मा क्रमश: दुई अर्ब ८३ करोड ५२ लाख ३४ हजार र दुई अर्ब ६९ करोड ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी दुई बैंकको यस्तो नाफा क्रमशः एक अर्ब ९७ करोड सात लाख ३० हजार र तीन अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेको थियो । प्रभु बैंकले भने आव ०७८/७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने प्रभुको यस्तो नाफा एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।
एभरेष्ट र हिमालयन बैंकले भने आव आव ०७८/७९ मा क्रमश: दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार र दुई अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरूको यस्तो नाफा क्रमश: एक अर्ब ७७ करोड नौ लाख ३९ हजार र दुई अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ रहेको थियो । सानिमा बैंकले भने आव ०७८/७९ मा दुई अर्ब २९ करोड २९ लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सानिमाको यस्तो नाफा दुई अर्ब ७१ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने आव ०७८/७९ मा दुई अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा यसको यस्तो नाफा एक अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भने आव ०७८/७९ मा दुई अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने सिटिजन्सको यस्तो नाफा एक अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको थियो । माछापुच्छ्रे बैंकले भने आव ०७८/७९ मा दुई अर्ब १६ करोड नौ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो नाफा एक अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।
सनराइज बैंकले भने आव ०७८/७९ मा दुई अर्ब १५ करोड नौ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सनराइजको यस्तो नाफा एक अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको थियो । यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स बैंकले भने आव ०७८/७९ मा दुई अर्ब दुई करोड २२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ थियो । नेपाल एसबीआई बैंकले भने आव ०७८/७९ मा एक अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा एसबीआईको यस्तो नाफा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाहरूमध्ये सबैभन्दा कम नाफा भने लक्ष्मी बैंकले कमाएको छ । लक्ष्मीले आव ०७८/७९ मा एक अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने उक्त बैंकको यस्तो नाफा एक अर्ब ५७ करोड ५६ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
कुन बैंकले कति कमायो नाफा ? हेर्नुहोस् यस्तो छ अवस्था (रकम रु. हजारमा)
प्रतिक्रिया