आइतबार, असार २२, २०८२

१७ अंकले नेप्से घट्दा दुई अर्ब ८५ करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन २३ गते १५:३६

काठमाडौं । नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन १० दशमलव २७ अंकले बढेको नेप्से आज (सोमबार) भने १७ दशमलव ६७ अंकले घटेर २१ सय ६ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४१ अंकले घटेर चार सय ६ दशमलव १४ अंकमा झरेको छ ।

दुई सय १४ कम्पनीको ४४ हजार पाँच सय ५३ पटकको कारोबारमा ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार नौ सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा सोमबार १३ समूहको कारोबार हुँदा उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकीको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव आठ अंकले घटेर १३ सय ७४ दशमलव ३७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ५३ दशमलव ६४ अंकले घटेर तीन हजार आठ सय ११ दशमलव ४४ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक २६ दशमलव ८८ अंकले घटेर २५ सय ५२ दशमलव सात अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ३६ दशमलव ४८ अंकले घटेर आठ हजार तीन सय ७१ दशमलव ९८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय एक दशमलव ९२ अंकले घटेर नौ हजार आठ सय दुई दशमलव ९८ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा जानकी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेर चार सय ४४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ६४ रुपैयाँ अन्तिम मूल्यमा २० करोड ७१ लाख ६८ हजार नौ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया