शनिबार, वैशाख २७, २०८२

सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने एन्फाकाे निर्णय

नेपालखोज २०७९ साउन २६ गते १९:४९

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो । 

६ असारमा चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो।

यस्तै, नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको छ ।

गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

प्रतिक्रिया