बिहीबार, असार १९, २०८२

चौबीस घण्टामा ८४८ संक्रमित

नेपालखोज २०७९ साउन ३१ गते १७:३३

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ८४८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा ८४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जनामा र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५२६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार २५९ पुगेको छ ।

प्रतिक्रिया