बिहीबार, असार १९, २०८२

चौबीस घण्टामा ८५२ संक्रमित

नेपालखोज २०७९ भदौ १ गते १६:४१

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ८५२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु संख्या शून्य रहेको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३ सय ८३ जनाको नमुना परीक्षण गर्दा ८५२ जनामा कोरोना संक्रमण देखिएको हो ।

३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जनामा र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३२८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ४६२ पुगेको छ ।

प्रतिक्रिया