खुला बास्केटबल प्रतियोगिता : आर्मी क्वाटरफाइनलमा
नेपालखोज
२०७९ भदौ २ गते ७:४४

काठमाडाैं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित गर्यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे ।
पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वाटरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर ग¥यो ।
पुरुषमै गोल्डेनगेट पनि क्वाटरफाइनलमा पुग्यो । गोल्डेनगेटले शंकरदेव क्याम्पसलाई ७३–६३ ले हराउदै समूह ‘ए’ को विजेता भयो । गोल्डेनगेटका अभिषेक सिंहले २५ अंक जोडे ।
गोल्डेनगेट पनि पहिलो क्वाटरमा ११–१९ पछि थियो । बाँकी तीन क्वाटरमा अग्रता लिदै गोल्डेनगेटले जित सुनिश्चित ग¥यो । गोल्डेनगेट दोश्रोमा २३–२१, तेश्रोमा २७–१६ र चौथोमा १२–७ अंक जोड्यो ।
सम्बन्धित
प्रतिक्रिया