टोटनह्याम शीर्ष स्थानमा
नेपालखोज
२०७९ भदौ ४ गते २१:३०

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ । आज भएको खेलमा वुल्भरह्याम्पटन माथि १–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा केनले ६४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । केनले प्रिमियर लिगमा टोटनह्यामका लागि २५० गोल पनि पूरा गरेका छन् ।
जितसँगै टोटनह्यामले ३ खेलबाट ७ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा उकालेको छ । उल्भस भने ३ खेलबाट २ अंक जोड्दै १६ औं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया