शनिबार, वैशाख २७, २०८२

आर्सनलको लगातार तेस्रो जित

नेपालखोज २०७९ भदौ ५ गते ९:१९

काठमाडाैं । बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलह्याम विजयी भएको छ । शनिबार भएको खेलमा फुलह्यामले ब्रेन्टफोर्डमाथि ३–२ गोल अन्तरको कठिन जीत दर्ता गरेको हो । घरेलु मैदानमा फुलह्यामले पहिलो मिनेटमै अग्रता लिएको थियो ।

प्रतिक्रिया