सोमबार, असार २३, २०८२

एम्बाप्पेको ह्याट्रिकले पीएसजीको शानदार जित 

नेपालखोज २०७९ भदौ ६ गते ६:३६

काठमाडाैं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले फराकिलो जित दर्ता गरेको छ । लियोनल मेस्सी, नेयमार र केलिन एम्बाप्पे प्रेरित पीएसजीले लिलमाथि ७–१ गोल अन्तरले पराजित गरेको हो । जसमा एम्बाप्पेले ह्याट्रि गर्न सफल भए । 

पहिलो मिनेटमै एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । ३९ औं मिनेटमा आर्चिफ हकिमीले गोल गरेपछि पीएसजी ३–० ले अघि बढेको थियो ।

४३ औं मिनेटमा नेयमारले गोल गर्दै पहिलो हाफमै पीएसजीलाई ४–० को अवस्थामा राखेका थिए । ५२ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेका थिए । ५४ औं मिनेटमा जोनाथन बाम्बाले १ गेल फर्काए पछि लिल ५–१ को अवस्थामा आएको थियो ।

त्यसपछि लगातार २ गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । ६६ औं मिनेटमा दोस्रो तथा ८७ औं मिनेटमा तेस्रो गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ७–१  गोल अन्तरले विजयी भयो । पीएसजी जारी सिजनमा लगातार तेस्रो जीतका साथ तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया