शनिबार, असार ७, २०८२

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ भदौ ७ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९५ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया