शनिबार, वैशाख २७, २०८२

एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा अफगानिस्तानले सानदार सुरुवात

नेपालखोज २०७९ भदौ १२ गते ७:१८

काठमाडाैं । यूएईमा आजदेखि सुरु भएको एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा अफगानिस्तानले सानदार सुरुवात गरेको छ । श्रीलंकलाई पुरै ओभर पनि खेल्न नदिइ अफगास्तिानले १०५ रनमा समेटेको थियो । 

श्रीलंकाले निर्धारित ओभरको २ बल बाँकी हुँदा सवै विकेट गुमाएर १०५ रनमात्रै बनाउन सक्यो । १०६ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानले १०.१ ओभरमा २ विकेट गुमाएर १०६ रन बनाउँदै ८ विकेटको जीत निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल रह्यो ।

अफगानिस्तानका लागि हजरतुल्लाह जजई र रमनुल्लाह गुर्वाजले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे । एसिया कप अन्तर्गत आइतबार भारत र पाकिस्तानको खेल हुने छ ।

प्रतिक्रिया